जोशी हाइड्रोपावरले साउन १५ गतेदेखि हकप्रद शेयर जारी गर्ने

काठमाडौँ। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (JOSHI) ले साउन १५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसमा असार ७ गतेसम्म कायम रहेका सेयरधनीहरूले आवेदन दिन सक्नेछन्।

जोशीको हकप्रद शेयरमा प्रतिकित्ता १०० रुपैयाँको दरले भदौ ४ गतेसम्म आवेदन दिन सकिने छ। हकप्रद सेयरको बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, काठमाडौँ, जोशी हाइड्रोपावरको कार्यालय नयाँ बानेश्वर, काठमाडौँ र लक्ष्मी सनराइज बैंकको इलाम शाखाबाट समेत आवेदन दिन सक्नेछन्। 

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। 

प्रतिक्रिया