घरमा तेजपत्ता जलाउँदा के हुन्छ? यस्ता छन् शास्त्रीय मान्यताहरू

काठमाडौँ। हरेक घरको भान्छामा प्रायः नछुट्ने मसला हो तेजपत्ता। आजको यो लेखमा हामी तेजपत्ताको बारेमा चर्चा गर्ने छौँ। 

स्वादिष्ट खानाको राज तेजपत्ताका अरूपनि धेरै उपयोगी गुणहरू रहेका छन्। वास्तुशास्त्रमा पनि तेजपत्ताका थुप्रै उपयोगिता उल्लेख छन्। भरपुर मात्रमा एन्टिअक्सिडेन्ट पाइने तेजपत्ताले शरीरका कोषिकाहरूलाई पोषणको कमी हुनबाट जोगाउँछ। 

तेजपत्ताले शरीरलाई फ्रि-रेडिकल्स अर्थात् समयभन्दा चाँडै बूढो हुनबाट पनि जोगाउँछ। यसबाहेक तेजपत्तामा कपर पोटासियम, क्याल्सियम, म्याग्नेसियम, सेलिनियम, आइरन जस्ता तत्त्वहरू पाइन्छ। बहुउपयोगी वनस्पति तेजपत्ता जलाउँदा त्यसको धुँवाबाट घरको वातावरणमा विभिन्न किसिमका सकारात्मक प्रभाव पर्ने जनविश्वास रहिआएको छ।

तेजपत्ता जलाउनुका फाइदाहरूः

एउटा कचौरामा ३ देखि ४ वटा तेजपत्ता राखेर कपुर राखी जलाउँनाले घरमा भएको नकारात्मक ऊर्जालाई हटाउन मद्दत गर्छ। यसरी जलाउँदा घरको झ्यालढोका खुला गरि धुँवालाई बाहिर पनि जान दिनुपर्छ। घरमा कपुर र तेजपत्ता जलाइ धुँवा फैलाएर वास्तुदोष कम गर्न सकिन्छ। 

रातमा सुत्नुअघि सुत्नेकोठामा तेजपत्तालाई जलाएर धुँवा बनाइ राख्नाले तनावबाट मुक्ति मिल्छ। जसरी हामी आफूलाई तनाव र थकानबाट आराम र स्वस्थ रहनका अरोमाथेरापी अर्थात् सुगन्ध चिकित्साको प्रयोग गर्छौं, त्यसरी नै तेजपत्ताको धुँवाले अरोमाथेरापीको समेत काम गर्दछ।

तेजपत्तालाई जलाएर धुँवा कोठामा फैलाउँदा यसको सुगन्धले रूम फ्रेसनरको काम पनि गर्छ। 

तेजपत्ता र मरिचलाई जलाएर घरमा धुँवा फैलाउनाले घरको सम्पूर्ण समस्या समाधान हुन्छ। साथै घरमा फैलिएका किटाणुबाट समेत बचाउँछ। 

वैवाहिक जीवनमा दरार आइरहेको छ भने बेलुका बेडरूममा सुकेको तेजपत्तालाई जलाएर धुँवा फैलाउँदा सम्बन्धमा पनि सुधार आउने मान्यता छ। 

एउटा सग्लो तेजपत्तामा आफ्नो मनोकामना, इच्छा, चाहना लेखेर घरको आँगनको पूर्व फर्कि जलाएर हावामा उडाइदिने र पछाडि फर्केर नहेरी घरभित्र प्रवेश गर्नाले मनोकामना पुरा हुन्छ। 

छाला, श्वासप्रश्वास सम्बन्धी रोगव्याधीको भय भएमा तेजपत्तालाई जलाएर त्यसको धुँवा घरमा फैलाउन सकिन्छ। यसो गर्नाले घरमा भएका साना किटाणुहरूलाई नष्ट गर्छ। 

प्रतिक्रिया