काठमाडौँ। आज सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुनको भाउ प्रतितोला १ लाख ५० हजार ५०० रूपैयाँ कायम भएको छ।
बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यता, आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १७ सय ४० रुपैयाँ कायम भएको छ।
30 Saun 2081, Bihibar 01:09 मा प्रकाशित
167