डीपल S05 नेपालमा सार्वजनिक – आकर्षक डिजाइन र प्रतिस्पर्धी मूल्यसहित

काठमाडौं । नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ मोडल डीपल S05 आधिकारिक रूपमा सार्वजनिक भएको छ । यसअघि डीपल S07 ले नेपाली उपभोक्तामाझ प्रिमियम फीचर्स, लक्जरी अनुभव र अत्याधुनिक प्रविधिका कारण चर्चित बनेको थियो । त्यसकै सफलता पछ्याउँदै डीपल S05 ले पनि बजारमा बलियो छाप छोड्ने अपेक्षा गरिएको छ ।

डीपल S05 दुई भेरियन्टमा उपलब्ध छ । यसको बेस भेरियन्टको मूल्य रु. ४८,९९,०००/- तोकिएको छ भने उच्च भेरियन्ट रु. ५३,९९,०००/- मा उपलब्ध हुनेछ । यो मूल्य प्रतिस्पर्धी भएकाले नेपाली बजारमा यसले छिट्टै बिक्रीमा नयाँ रेकर्ड कायम गर्ने सम्भावना बढेको छ ।

यस गाडीको प्रमुख आकर्षण भनेको RSIO (Remote Straight In and Out) हो । यस प्रविधि प्रयोग गरी चालकले गाडीभित्र नबसिकनै रिमोटको सहयोगले पार्किङमा सजिलै भित्र-बाहिर गर्न सक्नेछन् । काठमाडौं जस्ता पार्किङ अभाव भएका शहरमा यो सुविधा निकै उपयोगी सावित हुने अनुमान गरिएको छ ।

नेपालमा डीपल गाडीहरू आयात तथा बिक्री गर्ने जिम्मेवारी MAW Vriddhi Group ले लिएको छ । यसले देशकै सबैभन्दा ठूलो CCS Type 2 चार्जिङ स्टेशन संचालनमा ल्याएको छ, जसले विद्युतीय सवारी प्रयोगकर्तालाई थप सहजता पुर्‍याएको छ ।

डीपल S05 लाई सौम्य र आकर्षक डिजाइनमा तयार गरिएको छ । ९.५ फुटको ह्वीलबेसका कारण यसको इन्टेरियरमा पर्याप्त लेगरुम उपलब्ध छ । पूर्ण विद्युतीय प्लेटफर्ममा बनेको यो मोडल नेपाली सडकका लागि थप उपयुक्त मानिएको छ ।

यसमा ९९ kW क्षमताको रियर-व्हील मोटर प्रयोग गरिएको छ जसले सन्तुलित ड्राइभिङ अनुभव दिन्छ । साथै, शक्तिशाली मोटरप्रति लाग्ने उच्च करबाट पनि बचाउन सहयोग पुर्‍याउँछ । त्यसैले यो मोडलले दक्षता, प्रदर्शन र मूल्य सबैलाई सन्तुलनमा राखेको छ ।

आकर्षक डिजाइन, प्रतिस्पर्धी मूल्य, नवीनतम सुविधा र चार्जिङ पूर्वाधारको मजबुत समर्थनसहित डीपल S05 नेपाली ईभी बजारमा बलियो प्रतिद्वन्द्वी बन्ने सम्भावना उच्च छ ।

प्रतिक्रिया