प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको सभा सोमबार कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको हो। 

काठमाडौँमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ।  

सभाले सेयरधनीहरूलाई आर्थिक वर्ष २०८०/८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बोनस सेयर वितरणसँगै नियमकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम तोकिएको न्यूनतम चुक्ता पूँजी पुग्नेछ। सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ।

प्रतिक्रिया