गोरखामा पन्ध्र वर्षीय बालिकाको जबरजस्ती करणीको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

जेठ १७ गोरखा । पन्ध्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा भिमसेनथापा गाउँपालिका–२ का ४५ वर्षीय कृष्णप्रसाद सोडारीलाई प्रहरीले पक्राउ गरेको छ । 

बुधबार एक्लै घाँस काट्दै गरेकी किशोरीलाई बलजफती नजिकै रहेको आफ्नै गोठमा लगी करणी गरि बालिका अचेत अबस्थामा भेटिएपछी  पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । सोही आधारमा आरोपितलाई बुधबार नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले सिएफएन खबर लाई जानकारी दिए ।

आरोपित सोडारीलाई हिरासतमा राख्न जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको उनले बताए । पीडित बालिकाको उपचार जिल्ला अस्पताल गोरखामा भइरहेको छ ।

प्रतिक्रिया