काठमाडौँ। नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ। नेपालगञ्ज उपमहानगरपालिकाले १०८ फिट अग्लो हनुमानको मूर्ति बनाइरहेको जनाएको छ।
मन्दिरको फाउन्डेशन (बेस) र प्लेटफर्मको काम सकिएपछि अहिले मूर्ति निर्माण शुरू गरिएको उपमहानगरपालिकाले जानकारी दिएको छ।
उपमहानगरपालिका–२ हनुमानगढीस्थित बालदा तलाउमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण हुन लागेको हो। उपमहानगरपालिकाले जम्बुदिप कन्स्ट्रक्सन प्रालि काठमाडौँलाई २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी १७ मार्च २०२३ मा सम्झौता गरेको थियो।
मूर्ति निर्माणका लागि भ्याटसहित १० करोड ११ लाख ५२ हजार ४९४ रुपैयाँमा ठेक्का सम्झौता भएको हो।
नेपालगञ्जमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न हनुमानको मूर्ति बनाउन थालिएको हो। भारतको अयोध्यामा राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई एकाकार गर्दै आयोध्यासँग नेपालगञ्जलाई ‘टाइअप’ गर्न हनुमानको मूर्ति निर्माण शुरू गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए।
उनले नेपालगञ्जको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गर्दै अयोध्यासँगको आध्यात्मिक सम्बन्धमा यो मूर्ति कोशेढुङ्गा सावित हुने बताए।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar