माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित कर्जामा छुट योजना सार्वजनिक

काठमाडौँ।  माछापुच्छ्रे बैंक लिमिटेडले एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना सार्वजनिक गरेको छ। 

आउदैँ गरेको नेपालीहरूको प्रमुख चाडपर्वको समयलाई लक्षित गरी बैंकले एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना सञ्चालनमा ल्याएको हो।

तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै माछापुच्छ्रे बैंकले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ।

सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउनेछ साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्न सकिनेछ।

यसका साथै बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ। 

यसका साथै उल्लेखित कर्जाहरूको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्नेछ। माथि उल्लेखित अफरहरु भाद्र ३१ सम्म लागू हुनेछन्।   

हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आईरहेको छ। 

प्रतिक्रिया