काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट पूर्वाधार विकास बैंकको रुपमा इजाजत प्राप्त नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ७ वर्षे अवधि र वार्षिक ६ प्रतिशत ब्याजदर रहेको “निफ्रा उर्जा ऋणपत्र ६% (२०८८/८९)” नामक ऋणपत्र निष्काशनको तयारी गरिरहेको छ। कूल ५० लाख कित्ता ऋणपत्रको निष्काशनका लागि बैंकले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।
सम्झौतामा बैंकको तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र एनआइएमबि एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ।
नेपाल धितोपत्र बोर्डको स्वीकृति पछि जारी गरिने ऋणपत्रको ६० प्रतिशत हिस्सा संस्थागत लगानीकर्ताहरुलाई परिपत्र विधिबाट बिक्री गरिनेछ भने बाँकी ४० प्रतिशत सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरिनेछ।
3 Kartik 2081, Shukrabar 07:44 मा प्रकाशित
174