काठमाडौँ। घर निर्माण गरेपश्चचात घरमा कुन वा कस्तो रङ लगाउने भन्ने बारे दुविधामा पर्ने गरेका हुन्छौँ। आजको लेखमा वास्तुअनुसार घरमा प्रयोग गर्न सकिने पाँच रङहरू बारे चर्चा गर्ने छौँ।
वास्तुअनुसार घरमा प्रयोग गर्न सकिने यी उपयुक्त पाँच रंगहरू
१. सेतो रंगलाई शान्ति र शुभ्रताको प्रतीक मानिन्छ। यसले मनस्थितिलाई शान्त बनाउने हुँदा घरबाट नकारात्मक ऊर्जालाई टाढा राख्न मद्दत गर्दछ।
२. हल्का रातो रंगलाई क्रान्तिको प्रतीक मानिने हुँदा यो पनि घरमा प्रयोग गर्नु राम्रो मानिन्छ।
३. सिम्रीक रंगलाई सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ। यो रंगको प्रयोगले घरमा शान्तिलाई कायम राख्छ।
४. बैजनी रंगलाई समृद्धि र गरिमाको प्रतीक मानिन्छ। यो रंगलाई विलासिता र प्रतिष्ठा देखाउन प्रयोग गर्ने गरिन्छ।
५. हल्का पहेँलो रंगलाई घरमा प्रयोग गर्नु शुभ मानिन्छ। यो रंग समृद्धि र आनन्दको प्रतीक पनि हो। यसले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्दछ।
त्यस्तै; घरका झ्यालढोकाको सन्दर्भमा खैरो रंगको प्रयोग गर्नु शुभ मानिन्छ। कालो रंगले शनिलाई आकर्षण गर्ने हुँदा सकेसम्म घरमा कालो रङ प्रयोग नगरेको राम्रो। यद्यपि धेरैजसो घरको झ्याल ढोकामा कालो रंगको प्रयोग गर्ने गरेको हामीले देखिरहेका हुन्छौँ।