काठमाडौँ। घर बनाएपछि त्यसलाई उपयुक्त किसिमको स्यहार सुसार गर्नु एकदमै आवश्यक हुन्छ। किन किन घरको निर्माण कार्य खर्चिलो छ।
बजेटको सिमितताले गर्दा घरलाई चाहेजस्तो आकर्षक तरिकाले बनाउन सकिदैँन। तर कतिपय अवस्थामा विधि वा तरिका अपनाउँदा कम बजेटमा पनि आफ्नो घरलाई आकर्षक किसिमको बनाउन सकिन्छ। इन्टेरियर डिजाइनरहरुले कम खर्चमै तपाईंको घरलाई आकर्षक रूपमा निर्माण गरिदिन सक्छन् भने आफैँ पनि घरलाई आकर्षक र आफूले चाहेजस्तो तरिकाले सजाउन सकिन्छ। ताकी घरलाई बाहिरबाट अरूले हेर्दा वा नियाल्दा पनि एउटा नमुनाको रूपमा रहोस् र चिटिक्क देखियोस्।
हामीले आजको लेखमा कम खर्चमै घरको आकर्षक सजावटका लागि १० वटा टिप्सबारे यहाँ उल्लेख गर्दछौँ। यो टिप्स पढेर व्यवहारमा लागू गरि हेर्नुहोस र त्यसपछि तपाईं अचम्मा पर्नुहुन्छ, यति थोरै खर्चमै पनि सजिलै आफ्नो घरको सुन्दरता र साजसज्जामा निखारता ल्याउन सकिने रहेछ।
१. क्राउन मोल्डिङ
घरलाई आकर्षक बनाउनका लागि सानातिना कुराहरूमा समेत ध्यान दियो भने घर झनै आकर्षक र सुन्दर देखिन्छ।
क्राउन मोल्डिङ गरेपछि कोण ९कुनाहरु० को बनावट अत्यन्तै सुन्दर हुनुका साथै प्रिमियम र पूर्ण पनि देखिन्छ। क्राउन मोल्डिङ धेरै खर्चिलो हुँदैन। तपाईंको बजेटलाई खासै फरक पार्दैन। यसले भित्ता र सिलिङलाई मिलाएर कोठाको क्षेत्रफल ठूलो देखाउन समेत सहयोग पुर्याउँछ।
२. कलर
घरलाई आकर्षक देखियोस भन्नका लागि वा सजाउनका लागि उपयुक्त कलरको छनोटमा ध्यान दिन जरूरी हुन्छ। केही रङको प्रयोगले घरमा तत्काल चमक र आकर्षक देखिन्छ।
घरको लागि रङ छनोट गर्दा दुई विकल्पहरूलाई छान्नुहोस् १. बोल्ड २. ड्रामाटिक वा नरम।
रङ छनोट तपाइको व्यक्तित्वमा पनि निर्भर हुने हुँदा यसले तपाइको घरमा तत्काल सुन्दर देखिन मद्दत गर्छ। घरका भित्रि कोठाहरुमा कालो रङ लगाउँदा यसले स्वचालित रूपमा महंगो भावना उत्पन्न गर्छ। जसले गर्दा भित्ताको खाली ठाउँमा कालो रङको पेन्टिङ वा सामान राख्दा झनै आकर्षक देखिन्छ।
घरको अंध्यारा कोठामा उज्यालो कलर र उज्याला कोठामा बोल्ड कलर लगाउँदा कोठाको उज्यालो एडजस्ट हुन जान्छ।
३. तकियाः आरामदायी तथा शानदार
घरमा तकिया राख्नुका दुईवटा उद्देश्य हुन्छ, १. यदि उपयुक्त तकिया रोज्न सकियो भने त्यसले कोठाको शोभा नै बढाइदिन्छन्। यसमा कलर कम्बिनेशनलाई भने विशेष ध्यान दिन जरूरी हुन्छ। २. तकियाले पाहुनालाई सोफामा थप आराम प्रदान गर्छ र तपाइको कोठामा आरामदायी तथा गुणस्तर देखिन्छ।
यसका लागि २२ इन्चको खोलभित्र २४ इञ्च बराबरको तकिया राख्नुहोस्। यसले तकिया ठूलो र टाइट देखाउँछ। पुटुस्स भरिएका तकियाहरुले धेरै नै बहुमूल्य र रमणिय उपस्थिती पैदा गर्छ जसकारण सोफा र बेडको पनि आकर्षक झन बढाइदिन्छ।
४. झ्यालको सजावट
घरलाई आकर्षक र सुन्दर बनाउन झ्यालको मर्मत तथा सजावट धेरै आवश्यक हुन्छ। घरको भव्यता र गोपनियताको लागि पनि झ्याल चाहिन्छ। झ्यालको मर्मत तथा सजावट धेरै सहज छ। आकर्षक झ्यालबिना घर अपूर्ण र गुणस्तरीय देखिँदैन।
झ्याल छनोट गर्दा अलिकति ध्यान दिएमा सके धेरै खर्च नलाग्ने गरि आकर्षक झ्याल छनौट गर्न सकिन्छ। झ्यालमा पर्दा छनौट गर्दा प्राकृतिक रेशम, सुती कपडा र कपासउपयुक्त हुन्छ। पर्दा छान्दा भित्तामा लगाइएको कलर, बेड र दराज, सोफाहरु, गलैंचाको कलरसँग म्याचिङ हुने छान्नु पर्दछ।
५. हार्डवेयर छनोट
तपाइको घरलाई आकर्षक देखाउनका लागि हार्डवेयरको छनोमा समेत ध्यान दिनुपर्छ। अहिले सस्तो मूल्यमै आकर्षक देखिने हार्डवेयर बजारमा छ्यापछ्याप्ती पाइन्छन्। दराजको ह्यान्डिलदेखि, ढोकाको ह्यान्डिल, चुकल, बाथरूममा राखिने धारा, स्वीच लगायतका यी सामानहरूले पनि घरलाई सुन्दर देखाउन ठूलो भूभिका खेल्दछ। यसका लागि साना हार्डवेयर स्टोर, फ्लाई मार्केट र एन्टिक पसल सस्तो मूल्यमा आकर्षक हार्डवेयर छान्नका लागि उत्तम हुन सक्दछन्। यस्ता हार्डवेयरले तपाइको घरलाई मनै लोभ्याउने र अनौठो रूप दिन्छन्।
६. लाइटिङ
आकर्षक लाइटिङले घरलाई नै फरक लुक्स दिन्छ। अधिकांश ठेकेदारले स्टान्डर्ड लाइटिङ फिक्स्चर्स प्रयोग गर्छन जुन उनीहरुले बनाएका घरमा बारम्बार प्रयोग भइरहेका हुन्छन्। त्यसैले, डिजाइनर लाइट फिक्स्चर्स प्रयोग गर्दा तपाइको घरमा अधिक सुन्दरता र आकर्षण थपिन्छ।
तपाईंले सस्तो मूलयमा पनि झुमहरुहरु पाउन सक्नुहुन्छ। पुरानो झुमरको वरिपरि ड्रम सेड थपेमा कस्टम लुक्स देखिन्छ। यसलाई अहिलेको समयमा सर्वाधिक रूचाइन्छ। कस्टम लुकको लागि थुप्रै फरक प्रकाशका स्रोतहरूसहित टेबल ल्याम्प, फ्लोर ल्याम्प, सिलिङ ल्याम्प पनि राख्न सकिन्छ। घरको सुन्दरतामा वत्तीको छनोट महत्वपूर्ण मानिन्छ। अहिले धेरै घरमा लाइटिङमा निकै ध्यान दिने गरेको देखिन्छ।
७. कार्पेटभन्दा काठको प्रयोग
घरमा काठको पार्केटिङ गर्दा एकदमै सुन्दर र आकर्षक लुक्स देखिन्छ। घरमा कार्पेटको सट्टामा काठको पार्केटिङ गर्न त्यति महंगो पर्दैन। घरमा काठको पार्केटिङ गर्नु भनेको बुद्धिमानी लगानी हुनेछ। कडा काठलाई कोठा र भ¥याङमा बिच्छाउदा लामो समय टिकाउरबलियो हुनुका साथै आकर्षक पनि देखिन्छ। काठको पार्केटिङमा गाढा रङ प्रयोग गर्नुपर्छ, यसो गर्दा लक्जरियस फिल गराउँछ। तर, कोठको समग्र डिजाइनसँग रङको म्याच भने गर्नुपर्छ।
८. आकर्षक समानको सजावट
धेरैजसो घरहरूमा आवश्यक स्थानको अभाव हुन्छ। घरधनीले पनि घरलाई आकर्षक देखाउन सामाग्री किनेर राख्दा खर्च बढ्छ भन्ने सोँच्छन्। तपाईंको घरमा धोरै बजेटमा रहेर पनि घरलाई आकर्षक सामाग्रीले सजाउन सक्नुहुन्छ। यदि तपाइलाई गोल्डेन कलर मन पर्छ भने गोल्डेन फोटो फ्रेम वा गोल्डेन ऐना वा नयाँ नयाँ आधुनिक गोल्डेन खुट्टा भएको टेबुलहरु राख्न सक्नुहुन्छ। घरको भित्तामा तस्वीर र पेन्टिङ पनि राख्न सक्नुहुन्छ। तर वास्तुशास्त्रले जनावर, लडाईं, झगडा लगायत कतिपय तस्वीर घरमा राख्नुलाई अशुभको संङ्केत गर्दछ भने ती कुराहरूलाई भने ध्यान दिन जरूरी हुन्छ।
९. आकर्षक फर्निचर
घरको सजावटमा आकर्षक फर्निचरको भूमिका महत्वपूर्ण हुन्छ। फर्निचरको डिजाइन र कलरले पनि कोठालाई आकर्षक खेखाउँछ। धेरै व्यक्तिहरुले महंगो फर्निचर किन्नका लागि बजेट अपुग भयो भन्दै जहाँ पायो त्यहीँबाट सस्तो खालको फर्निचरहरू किन्छन्। ती फर्निचरले कोठाको सोभा त बढाउँदैन भने चाँडै पनि बिग्रिन्छन।
अहिले नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डकै राम्रा राम्रा फर्निचरहरु किफायती र सुपथ मूल्यमा किन्न पाइन्छन्। प्रयाप्त जानकारी लिएर मात्र फर्निचर किन्न जाँदा सस्तो मूल्यमै राम्रो फर्निचर किन्न सकिन्छ। अहिले नेपाली फर्निचर उद्योगहरूले पनि राम्रा राम्रा र आकर्षक फर्निचर उत्पादन गरिरहेका छन्।
अहिले बजारमा छ्यापछ्याप्ती सेकेन्डह्यान्ड फर्निचर पनि बिक्री भइरहेका हुन्छन्। तपाईंले सेकेन्डह्यान्ड फर्निचर स्टोरबाट किफायती मूल्यमा क्वालिटी फर्निचर किन्न सक्नुहुनेछ।
१०. सरसफाई
हामीले घर निर्माण गर्दा धेरै लगानी लागेको हुन्छ त्यसैलाई घरलाई सदावहार आकर्षक र सुन्दर देखाउनका लागि सरसफाई गरिरहनु पर्दछ। घरलाई दैनिक रूपमा सरसफाई गर्नुपर्छ। घरमा समानहरू मिलाएर राख्नुपर्छ। फर्निचर, स्वीच, झ्याल, ढोका, पलङ, दराज लगायत सफा राखिरहनु पर्छ। जुत्ता र कपडाहरु व्यवस्थित तरिकाले राख्नु पर्दछ। जसले गर्दा घर सफा देखिन्छ भने तपाईंको मन झनै आनन्दित हुन्छ। घरभित्र पस्दा पनि मन नै शान्त रहन्छ।