काठमाडौं । नेपालमा नयाँ राजनीतिक अध्याय सुरु भएको छ। अन्तरिम सरकारको नेतृत्व गर्न नियुक्त भएकी सुशीला कार्कीले शुक्रबार राति राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ दिलाए भने समारोहमा उपराष्ट्रपति रामसहाय यादव र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत पनि मञ्चमा उपस्थित थिए। तर सभामुख, उपसभामुख र प्रमुख विपक्षी दलका शीर्ष नेताहरू भने मञ्चमा देखिएनन्।
शपथ समारोहमा कार्कीका पति दुर्गा सुवेदी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न देशका राजदूतहरू सहभागी थिए। शपथपछि कार्कीले आधिकारिक कागजातमा हस्ताक्षर गरिन्।
27 Bhadra 2082, Shukrabar 10:10 मा प्रकाशित
404
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar