शाओमीले नेपालमा ल्यायो साउन्ड आउटडोर स्पिकर: कम्प्याक्ट डिजाइन, शक्तिशाली आवाज र टिकाउ गुणस्तर

काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा नयाँ प्रिमियम गुणस्तरको शाओमी साउन्ड आउटडोर स्पिकर सार्वजनिक गरेको छ। शक्तिशाली अडियो, लामो समय टिक्ने प्रदर्शन, र टिकाउपनाको संयोजनसहित यो स्पिकरले आउटडोर अडियो अनुभवलाई नयाँ परिभाषा दिने कम्पनीले जनाएको छ।

ग्राहकको चाहना अनुसार उत्पादन, शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीका अनुसार, “ग्राहकहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै टिकाउ र स्टाइलिश उत्पादन प्रस्तुत गर्ने हाम्रो लक्ष्य हो। शाओमी साउन्ड आउटडोर स्पिकरको विशेषता र किफायती मूल्यले नेपाली बजारमा नयाँ मानक स्थापित गर्नेछ।”

अवार्ड विनिङ डिजाइन, शाओमी साउन्ड आउटडोर स्पिकरले रेड डट डिजाईन अवार्ड जित्न सफल भएको छ। यो स्पिकर तीन आकर्षक रंग—ब्ल्याक (ओरेन्ज ह्यान्डल), रातो, र नीलोमा उपलब्ध छ। कम्प्याक्ट आकार (१९७×६८×६६ मिमि) र हल्का तौल (५९७ ग्राम) रहेको यो स्पिकर सजिलै ओसारपसार गर्न सकिन्छ।

उत्कृष्ट अडियो र कनेक्टिभिटी, ३० वाट पावरफुल अडियो आउटपुटसहित डुअल पासिभ वुफर भएको यस स्पिकरले ६० हर्जदेखि २० किलोहर्जसम्मको फ्रिक्वेन्सीमा उत्कृष्ट अडियो अनुभव प्रदान गर्छ। ब्लुटुथ ५.४ सर्पोटका साथ यसले अन्य डिभाइससँग सहज कनेक्टिभिटी र कल सपोर्टको सुविधा दिन्छ। साथै, दुई स्पिकरलाई स्टेरियो मोडमा पेयर गर्ने वा १०० वटासम्मका स्पिकरसँग लिंक गर्न मिल्ने सुविधा पनि छ।

आउटडोर प्रेमीका लागि डिजाइन, आइपि ६७ रेटिंग प्राप्त यस स्पिकर धूलो र पानी प्रतिरोधी छ। यसको ब्याट्रीले एक पटक चार्जमा १२ घण्टासम्म प्लेब्याक गर्न सक्छ भने मात्र २.५ घण्टामा पूर्ण रूपमा चार्ज हुन्छ।

शाओमी साउन्ड आउटडोर स्पिकरको मूल्य रु. ६,२९९ तोकिएको छ। यो नेपालभरका शाओमीका आधिकारिक एमआई स्टोर र रिटेलरहरूमा उपलब्ध छ।स्टाइल, कार्यक्षमता, र टिकाउपनको समायोजन रहेको यो स्पिकर घरमा, यात्रामा, वा पार्टीमा उत्कृष्ट विकल्प बन्नेछ।

प्रतिक्रिया