काठमाडौँ। करिब पाँच महिनाको अन्तरालपछि हेटौँडा सिमेन्ट उद्योगले आज (चैत २५ गते) देखि पुनः सिमेन्टको उत्पादन सुरू गरेको छ। उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विधुतको अभावमा बन्द भएको सिमेन्ट उत्पादन विधुत आपूर्तिसँगै पुनः सुरू भएको जनाइएको छ।
चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक ८ मेगावाट विधुत आवश्यक पर्ने उद्योगले जनाएको छ।
उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन अहिले जगेडामा राखिएको छ। दोस्रो चरणमा गरी करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको जनाइएको छ।
वि.सं. २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले विसं २०४३ मङ्सिर २६ गते उद्घाटन गरिएको थियो। त्कालीन समयमा हेटौँडा उद्योगमा रू १ अर्ब ५० करोड लगानी गरिएको थियो।
हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा, भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी १९५ जनाले स्थायी रोजगारीको अवसर प्राप्त गरिरहेका छन्।
उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल १२ हजार बोरा मात्र उत्पादन भइरहेको जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar