काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार आज मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ र बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको छ। हाल देशभर सामान्य बदली देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा लुम्बिनी र कोशी प्रदेशको तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकोले बाढी, पहिरो र जनजीवनमा असर पर्न सक्छ। सर्वसाधारण र सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना नियमित जाँच गरी सतर्क रहन विभागले अनुरोध गरेको छ।
आगामी २४ घण्टाको मौसम पूर्वानुमान
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना छ। राति कोशी, बागमती र गण्डकीमा धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा पनि मध्यमदेखि भारी वर्षाको जोखिम रहेको छ। तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ, विशेषगरी कोशी र लुम्बिनीको तराईमा भारी वर्षाको सम्भावना देखिएको छ।