पहिरोले कर्णाली राजमार्ग अवरूद्ध

काठमाडौँ।  पहिरोले कर्णाली राजमार्ग पुनः अवरूद्ध भएको छ। 

गएराति परेको अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयले जनाएको छ। 

उक्त राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ। सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ। लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ। 

सडक अवरूद्ध हुँदा सवारीसाधन र तिनका यात्री अलपत्र परेका छन्।

प्रतिक्रिया