नाडा र उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

काठमाडौं। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) लाई अटोमोबाइल क्षेत्रको सीप विकास, तालिम पाठ्यक्रम निर्माण तथा मानव संसाधन विकासमा पु-याएको उल्लेखनीय योगदानको कदर गर्दै राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (NAVT) ले सम्मान–पत्र प्रदान गरेको छ।

यसैगरी, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठलाई व्यावसायिक तालिम पाठ्यक्रम निर्माण तथा कार्यान्वयनमा संयोजकको रूपमा निर्वाह गरेको प्रभावकारी तथा नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै प्रशंसा–पत्र प्रदान गरिएको छ।

उक्त सम्मान तथा प्रशंसा–पत्रहरू प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो। नाडाको सहकार्यमा श्रम बजारको मागअनुसार तयार पारिएका ट्रेड–आधारित सीपमूलक तालिम पाठ्यक्रमहरू, विशेष गरी एसेम्बलर अपरेटर तथा विद्युतीय सवारी मर्मत प्राविधिक जस्ता कार्यक्रमहरूले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु-याएको प्रमाणपत्रमा उल्लेख गरिएको छ।

नाडाले आगामी दिनमा पनि सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य गरी अटोमोबाइल क्षेत्रको सीप विकास, रोजगारी सिर्जना र प्राविधिक जनशक्ति उत्पादनमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया