काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। हाल तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ, जसले सडक तथा हवाई यातायातमा असर पारेको छ।
दिउँसोः तराई क्षेत्रमा हुस्सु/कुहिरो कायम रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
रातिः तराईमा हुस्सु जारी रहनेछ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र अन्य पहाडी तथा हिमाली भेगमा मौसम सफा रहनेछ।
विभागले तराईमा हुस्सुका कारण चालक तथा यात्रुहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। हिमाली क्षेत्रमा भने चिसो बढ्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउन सुझाव दिइएको छ। थप अपडेटका लागि विभागको वेबसाइट हेर्नुहोला।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar