नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हल्का हुस्सु/कुहिरो

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसममा ठूलो परिवर्तन नभए पनि तराई क्षेत्रमा हुस्सु/कुहिरोको प्रभाव कायमै छ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली देखिएको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ जसले बिहानको समयमा दृश्यता केही कम भएको छ।

दिउँसो: तराईका केही स्थानमा हुस्सु/कुहिरो कायम रहनेछ। देशका पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

राति: तराईका केही स्थानमा हुस्सु रहनेछ। पहाडी तथा हिमाली क्षेत्रमा मौसम सफा रहने छ।

महाशाखाका अनुसार आज र भोलिका दिनहरूमा ठूलो वर्षा वा हिमपातको सम्भावना नरहेको छ। तराई क्षेत्रमा हुस्सु/कुहिरोका कारण बिहानको समयमा सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। यात्रा गर्नेहरूले महाशाखाबाट जारी हुने अद्यावधिक मौसमी जानकारीमा ध्यान दिनुहोला।

प्रतिक्रिया