काठमाडौँ। वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रू ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ।
भन्सार विभागले कार्यालयलाई वर्ष भरिमा रू ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो।
चालु आ.व.को पछिल्लो दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व सङ्कलन भएको सुक्खा बन्दरगाह भन्सार कार्यालय विरगञ्जले जनाएको छ।
कार्यालयले गत साउनमा रू ३ अर्ब ७५ करोड, भदौमा रू चार अर्ब ६४ करोड राजस्व सङ्कलन गरेको थियो। असोजमा रू ४ अर्ब ३६ करोड, कात्तिकमा रू ३ अर्ब ७९ करोड राजस्व सङ्कलन गरेको थियो।
त्यसैगरी, गत मङ्सिरमा रू ३ अर्ब २२ करोड, पुसमा रू ३ अर्ब ५६ करोड, माघमा रू ४ अर्ब २९ करोड र फागुनमा रू ४ अर्ब ६८ करोड राजस्व सङ्कलन गरेको हो।
चालु आ.व.को आठ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुन महिनामा सङ्कलन भएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar