नेपाल टेलिकमको संविधान दिवस अफर: रु. ४९ मा अनलिमिटेड डाटा, कम्बो प्याकेजहरु समेत उपलब्ध

काठमाडौँ । नेपाल टेलिकम (Nepal Telecom)ले संविधान दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकहरूलाई विशेष अफर ल्याएको छ। यो अफर असोज २ गतेदेखि लागू भई असोज ४ सम्म उपलब्ध हुनेछ।

यस अफर अन्तर्गत, रु. ४९ मा १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट अन नेट भ्वाइस सेवा पाउन सकिन्छ।

यसबाहेक, डाटा प्याकेजहरूमा:

रु. १११ मा ५ दिनसम्म ६ जीबी डाटा,

रु. १९९ मा ७ दिनसम्म १३ जीबी डाटा,

रु. २९९ मा १२ दिनसम्म २० जीबी डाटा,

रु. ३९९ मा १५ दिनसम्म ३० जीबी डाटा प्याकेज उपलब्ध छन्।

फेस्टिभ कम्बो प्याक रु. ७८९ मा उपलब्ध हुनेछ, जसमा ३० जीबी डाटा, ६०० मिनेट अल नेट भ्वाइस सुविधा, र २०० अल नेट एसएमएस सेवा समावेश छ। यो प्याकेज प्रिपेडका लागि २८ दिन र पोस्टपेडका लागि ३० दिनसम्म मान्य हुनेछ। पोस्टपेड ग्राहकहरूले मासिक रेन्टल चार्जबाटै यो प्याकेज शुल्क काट्न सक्ने सुविधा पाउनेछन्।

अफरको लाभ लिन, *1415*6# डायल गर्नुहोस् वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर प्याकेजहरू खरिद गर्न सकिन्छ।

#ntccombooffer

प्रतिक्रिया