काठमाडौँ। तरलता धेरै भएपछि विकास बैंककै कर्जाको ब्याजदर ८ प्रतिशतमा झरेको छ।
कर्जा लिने ग्राहकहरूको संख्या घटेपछि बैंक तथा वित्तीय संस्थाहरूले धमाधम ब्याजदर घटाउँदै कर्जा स्कीमहरू ल्याएर ग्राहक आकर्षित गर्न प्रतिस्पर्धामा छन्।
महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशत ब्याजदरमै महालक्ष्मी हरित घरकर्जा प्रदान गर्ने भएको छ। दिगो र वातावरणमैत्री कर्जा प्रदान गर्ने बैंकको निति बमोजिम बैंकले यस्तो कर्जा प्रदान गर्न लागेको हो।
जल उर्जा, फोहोर पानी निर्मलीकरण, वायु उर्जा, सौर्य उर्जा, जैविक उर्जालगायतका कृषि तथा वन जंगलमा आधारित भएर निर्माण गरिने घरको लागि यस्तो कर्जा प्रदान गरिने बैंकले जनाएको छ।
न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधी रहने गरी बैंकले कर्जा प्रदान गर्नेछ। यस्तो कर्जा वातावरणीय विशेषता पुष्टी गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरुको प्रयोग गरेर–गरिएका घर खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप–पुर्ननिर्माण–मर्मत सम्भार गर्न प्रदान गरिने बैंकले जनाएको छ।
यसले वातावरण संरक्षण गर्न, दिगो विकासको प्रर्वद्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्नसमेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।