काठमाडौं। नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले मनसुनको प्रभाव केही कमजोर रहेको रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। यद्यपि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रवाह निरन्तर छ।
हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा सामान्यतया बदली र बाँकी भू-भागमा आंशिक बदलीको अवस्था छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा सामान्य बदलीसहित केही स्थानमा मध्यम वर्षा, पहाडी क्षेत्रमा सामान्य बदलीसहित कोशी, बागमती र गण्डकीमा मध्यमदेखि भारी वर्षा र अन्यमा मध्यम वर्षा, तथा तराई क्षेत्रमा सामान्य बदलीसहित सुदूरपश्चिममा मध्यमदेखि भारी वर्षा र अन्यमा मध्यम वर्षाको सम्भावना छ। रातको समयमा हिमाली क्षेत्रमा सामान्य बदलीसहित थोरै स्थानमा मध्यम वर्षा, पहाडी क्षेत्रमा सामान्य बदलीसहित कोशी, बागमती र गण्डकीमा मध्यमदेखि भारी वर्षा र अन्यमा मध्यम वर्षा, तथा तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदलीसहित कोशी र सुदूरपश्चिममा मध्यमदेखि भारी वर्षा र अन्यमा मध्यम वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई अनुरोध गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar