काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। हाल कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भएको छ भने बाँकी पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ जसले दृश्यता निकै कम भएको छ।
दिउँसो: तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहने छ भने बाँकी भू-भागमा मौसम सफा रहनेछ।
राति: तराईका धेरै स्थानमा हुस्सु कायम रहनेछ। देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
हुस्सु/कुहिरोका कारण तराईमा सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यात्रुहरूले दृश्यता कम भएकोले दुर्घटनाबाट बच्न सतर्क रहनुपर्ने छ। महाशाखाबाट जारी हुने नियमित मौसमी अपडेटमा ध्यान दिन समेत अनुरोध गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar