रियलमीले नेपाली बजारमा 'Realme GT 6T' स्मार्टफोन सार्वजनिक गर्‍यो

काठमाडौं।  सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले बहुप्रतिक्षित Realme GT 6T नेपाली बजारमा सार्वजनिक गरेको छ। रियलमी जीटी ६ टीमा क्वाल्कम स्न्यापड्रागन सेभेन जेन थ्री चिपसेट, १२० हर्जको रिफ्रेस रेट, ५५०० एमएएचको ब्याट्री र १२० वाटको सुपरभोक चार्जर जस्ता मुख्य फिचरहरू रहेका छन्।

यसबारे बोल्दै रियलमीको भारत र नेपालको हेड अफ स्ट्राटेजी मुनिस गिरीले भन्नुभयो, “नेपालमा रियलमी जीटी ६ टी ल्याउन पाउँदा हामी निकै उत्साहित छौं। यो फ्ल्यागशिप स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ। हामी विश्वस्त छौं कि रियलमी जीटी ६ टीले स्मार्टफोन उद्योगमा नयाँ बेन्चमार्क सेट गर्नेछ।”

स्न्यापड्रागन सेभेन जेन थ्री प्रोसेसरको असाधारण प्रदर्शन रियलमी जीटी ६ टी नेक्ट जेनेरेसन स्न्यापड्रागन सेभेन जेन थ्री प्रोसेसरद्वारा सञ्चालित छ। गेमरहरू, कन्टेन्ट क्रियटर तथा अन्य प्रयोगकर्ताहरूका लागि पनि रियलमी जीटी ६ टी उपयुक्त रोजाइ हो।

६००० निटको शानदार हाइपर डिस्प्ले ६.७८ इन्चको स्क्रिनमा ६००० निटको फ्ल्यागशिप हाइपर डिस्प्ले भएको यो रियलमी जीटी ६ टी जतिसुकै उज्यालो घाममा पनि सहजै प्रयोग गर्न सकिनेछ। त्यस्तै, २७८०८१२६४ को रिजोलुसन र १२० हर्जको रिफ्रेस रेटको साथमा प्रयोगकर्ताले उत्कृष्ट अनुभव प्राप्त गर्न सक्नेछन्।

फास्ट चार्जिङ र हेभी ब्याट्री रियलमी जीटी ६ टीमा १२० वाटको सुपरभोक फास्ट चार्जर टाइप सी पोर्टको साथमा उपलब्ध छ। साथै, ५५०० एमएएचको हेभी ब्याट्रीको साथ प्रयोगकर्ताले लामो समयसम्म यस स्मार्टफोनको प्रयोग गर्न सक्नेछन्।

उन्नत क्यामरा सिस्टम

रियलमी जीटी ६ टीमा ५० मेगापिक्सेलको सोनी एलवाईटी ६०० को प्राथमिक क्यामरा र ८ मेगापिक्सेलको वाइड लेन्स उपलब्ध छ। साथमा ३२ मेगापिक्सेलको आईएमएक्स ६१५ को फ्रन्ट क्यामरा र ६० एफपीएसमा ४के भिडियो पनि जीटी ६ टीको क्यामरामा समावेश रहेको छ। साथै, रियलमी जीटी ६ टीमा भएको सोनी ओआईएसको ५० एमपीको क्यामराले उत्कृष्ट फोटो तथा भिडियो लिन प्रयोगकर्ताहरूलाई सहज हुनेछ भने यसको एआई फ्रेम स्टेबिलाइजेसन टेक्नोलोजी २.० ले स्मूथ र क्लियर भिडियो लिन सक्छ। यसको क्यामरामा भएको फ्ल्यागशिप लेवलको हाइपर टोन इमेज इन्जिनले स्मार्टफोन फोटोग्राफीलाई नयाँ उचाइ प्रदान गर्छ। ५५०० एमएएचको शक्तिशाली ब्याट्री भएकोले ८ घण्टासम्म निरन्तर गेम खेल्न सकिन्छ।

कनेक्टिविटी र नेभिगेशन

रियलमी जीटी ६ टीले ५जी+५जीको डुअल मोड उपलब्ध रहेको छ। साथै, वाइफाइ ६, ब्लुटुथ ५.४, एनएफसीसहित जीपीएस, ग्यालिलियो, बाइडु जस्ता नेभिगेसन सिस्टम पनि उपलब्ध रहेका छन्।

स्लीक डिजाइन र उत्कृष्ट अडियो

१६२ एमएमको लम्बाइ, ७५.१ एमएमको चौडाइ र ८.६५ एमएमको गहिराइले यस स्मार्टफोनको डिजाइन उत्कृष्ट बनाएको छ। १९१ ग्रामको तौल रहेको रियलमी जीटी ६ टी ह्यान्डल गर्न निकै सहज छ। साथमा, यसमा रहेको डुअल माइक नोइज क्यान्सिलेसनले आकर्षक अडियो अनुभव प्रदान गर्छ।

रियलमी युएई ५.० को साथमा पृथक अनुभव

रियलमी जीटी ६ टी एन्ड्रोइड १४ मा आधारित रियलमी युएई ५.० मा चल्दछ जसले प्रयोगकर्तालाई आवश्यक अप्सन छान्ने सुविधा र उन्नत गोपनीयताका सुविधाहरू प्रदान गर्दछ।

मूल्य र उपलब्धता

रियलमी जीटी ६ टी १२+५१२ जीबी भेरियन्टमा फ्लुइड सिल्भर र रेजर ग्रीन रंगमा उपलब्ध छ जसको मूल्य रु ६५,९९९ रहेको छ। रियलमी जीटी ६ टी साउन ९ देखि नेपालभरका सबै आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ।

प्रतिक्रिया