काठमाडौँ। हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ।
बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो। जसअनुसार बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गरेको छ। बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागेको हो।
यसमा बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। उक्त एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। एफपीओ निष्कासन छिटोमा साउन ४ गते हुनेछ। सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि साउन १४ गतेसम्म लम्बिने जनाइएको छ।
32 Asar 2082, Budhbar 12:34 मा प्रकाशित
140