काठमाडौँ | भाद्र २३: अन्तर्राष्ट्रिय लगेज तथा ब्याकप्याक ब्रान्ड सफारी ब्याग्सको डिलर स्किममा सर्वाधिक बिक्री गर्दै पुतलीसडकस्थित शुभ यात्रा कलेक्सन सर्वोत्कृष्ट डिलर घोषित भएको छ। यस उपलब्धिको सम्मानस्वरूप शुभ यात्रा कलेक्सनका चेयरम्यान दर्शन खनाललाई जगदम्बा मोबाइल्सका एक्जिक्युटिव डाइरेक्टर श्री सक्षम जाटियाले टिभिएस् रोनिन मोटरबाइक र टिभिएस् एन्टर्क स्कुटर प्रदान गर्नुभएको छ।
पुरस्कार ग्रहण गर्दै चेयरम्यान दर्शन खनालले आफ्नो कडा मेहनतको प्रतिफल पाउँदा खुसी व्यक्त गर्दै भने, "सफारी ब्याग्सले राम्रो काम गर्ने डिलरलाई सम्मान गरेकोमा धन्यवाद दिन चाहन्छु। यसले आगामी वर्ष अरु डिलरहरुलाई अझ राम्रो बिक्री गर्न प्रेरित गर्नेछ।"
सफारी ब्याग्सका बिजनेस हेड सन्तोष श्रेष्ठले शुभ यात्रा कलेक्सनको सफलतालाई सबैको लागि गर्वको विषय भने। उहाँले थप्दै भन्नुभयो, "सफारी ब्याग्सले अन्तर्राष्ट्रिय वारेन्टीसहित उच्च गुणस्तरको लगेज र ब्याकप्याकहरू बजारमा आकर्षक मूल्यमा उपलब्ध गराउँदै आएको छ, जसले गर्दा ग्राहकको ठूलो माया पाएको छ।"
ईन्डियाको नम्बर १ लगेज ब्राण्ड सफारी ब्याग्स छोटो समयमै नेपाली बजारमा लोकप्रिय बनेको छ। नेपालभरका डिलरहरूबाट बिक्री हुँदै आएको यो ब्राण्डको एक मात्र नेसनल डिस्ट्रिब्युटर जगदम्बा मोबाईल प्रा. लि. हो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar