पोखरा एभेन्जर्सका खेलाडीलाई दमौलीमा स्वागत एवं सम्मान

तनहुँ(रासस) | नेपाल प्रिमियर लिग खेल्ने पोखरा एभेन्जर्सका खेलाडीलाई तनहुँ सदरमुकाम दमौलीमा हिजो साँझ स्वागत एवं सम्मान गरिएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ र तनहुँ क्रिकेट सङ्घले पोखरा एभेन्जर्सका खेलाडीलाई स्वागत एवं सम्मान गरेको हो । 

त्यसक्रममा पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेलको नेतृत्वको खेलाडीलाई दमौली बजार परिक्रमा गराइएको थियो । त्यसक्रममा दुवै सङ्घका पदाधिकारी र खेलप्रेमी सर्वसाधारणको सहभागिता थियो ।

पोखरा एभेन्जर्सका मार्की खेलाडी भुर्तेलले क्रिकेटप्रति दमौलीवासीको साथ र समर्थनले आफूहरुलाई हौसला मिल्ने बताउनुभयो ।

तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले पछिल्लो समय क्रिकेटमा नेपालले गरेको प्रगतिले यसखेलतर्फ झनै आकर्षण बढेको बताउनुभयो । नेपाल प्रिमियर लिगमा सहभागिता जनाउने पोखरा एभेन्जर्सलाई समग्र गण्डकी प्रदेशको साथ र समर्थन रहने मिश्रले बताउनुभयो ।

 तनहुँ क्रिकेट सङ्घका अध्यक्ष मदन तिमिल्सिनाले नेपाल प्रिमियर लिगले खेलप्रेमीलाई उत्साह थपेको बताउनुभयो । उक्त प्रिमियर लिगमा पोखरा एभेन्जर्सले जित हासिल गर्ने भन्दै तिमिल्सिनाले शुभकामना दिनुभयो । 

मङ्सिर १५ गतेदेखि काठमाडौमा नेपाल प्रिमियर लिग आयोजना हुँदैछ । 


प्रतिक्रिया