सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ।  आज (आइतबार) सुनको भाउ २२ सय रूपैयाँले घटेको छ। 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २२ सय रूपैयाँले घटेर १ लाख ५० हजार ८०० रूपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुनको मूल्य १ लाख ५३ हजार रूपैयाँ रहेको थियो। 

यता, आइतबार चाँदीको भाउ पनि तोलामा २० रूपैयाँले घटेर १८ सय ४० रूपैयाँ रहेको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया