चैत २२, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल संलग्न रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा काठमाडौं महानगरपालिकाको सहकारी विभागले बुधबार सहकारीमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ।
सहकारीले बचतकर्ताको निक्षेप फिर्ता नगरेपछि काठमाडौं महानगरपालिकाको सहकारी विभागको टोलीले बुधबार सहकारीमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो ।
सहकारीमा बढ्दोबेथितिसँगै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अनुगमन गरी कडाइ गर्न निर्देशन दिएपछि महानगरको सहकारी विभागले सक्रियता बढाएको हो। साई स्वागत सहकारीमा निक्षेपकर्ताको करिब पाँच करोड रूपैयाँ रहेको छ। निक्षेपकर्ताले रकम नपाएको गुनासो गर्दै गत असारमा महानगरमा उजुरी गरेका थिए।
22 Chaitra 2080, Bihibar 10:53 मा प्रकाशित
105