काठमाडौं: ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्स र तिनका परिवारका लागि विशेष इनिशियटिभ घोषणा गरेको छ। यो कार्यक्रमले ड्राइभर पार्टनर्सका बालबालिकाहरूलाई बहुमूल्य तालिम र मर्चेन्डाइज प्रदान गर्ने उद्देश्य राखेको छ।
इन्ड्राइभले ड्राइभर पार्टनर्सका छोराछोरीलाई जुत्ता र टी–सर्टजस्ता मर्चेन्डाइज वितरण गर्नुका साथै शैक्षिक तालिम सेसनको आयोजना गरेको छ। यो तालिमले बालबालिकाहरूलाई दक्षता र प्रोत्साहन प्रदान गरी उनीहरूको शैक्षिक र व्यक्तिगत वृद्धिमा सहयोग पुर्याउनेछ।
साथै, ड्राइभर पार्टनर्सका परिवारका लागि उपहार कार्यक्रमसमेत घोषणा गरिएको छ। तालिममा सहभागी बालबालिकाहरूलाई ट्याब्लेट जित्ने अवसर प्रदान गरिएको छ भने उत्कृष्ट समर्पणका लागि दुई जना ड्राइभर पार्टनर्सलाई विद्युतीय सवारी (ईभी) उपहार दिइनेछ।
इन्ड्राइभकी हेड अफ स्पोर्ट्स अन्ना फेडोरचुकले भनिन्, "ड्राइभर पार्टनर्स र तिनका परिवारको संलग्नताले हाम्रो समुदायमा सकारात्मक प्रभाव पार्नेछ। इन्ड्राइभको सफलतामा उनीहरूको समर्पण प्रमुख कारक हो।"
#indrive
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar