काठमाडौँ। नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आजदेखि राजधानीमा दोस्रो जिल्लास्तरीय उद्योगी मेला र दसैँ महोत्सव २०८१ सुरू भएको छ।
घरेलु तथा साना उद्योग सङ्घ काठमाडौँ र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा राष्ट्रिय सभागृहमा सुरू भएको मेलामा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन प्रदर्शनीमा राखिएका छन्।
यस्तै स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका अर्गानिक उत्पादन, कस्मेटिक, गार्मेन्ट, हस्तकलाका उत्पादन, अर्गानिक फलफूल, चोयाको सामान, तयारी पोसाक, ढाकाका कपडा, ओखलमा कुटेका च्यूरालगायत बिक्रीमा राखिएको मेला संयोजक जितेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
यही असोज २३ गतेसम्म चल्ने सो मेलामा लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनको करिब ७० वटा बिक्री कक्ष राखिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar