काठमाडौं। एभरेस्ट समिटियर्स समिट नेपालले एभरेस्ट समिटियर, सुश्री कविता नेपालीसँग समझदारी पत्र (MoU) मा हस्ताक्षर गर्दै उहाँलाई एभरेस्ट समिटियर्स समिट २०२६ की सार्वजनिक सम्बन्ध (Public Relations) प्रतिनिधि को रूपमा नियुक्त गरेको छ।
उक्त MoU काठमाडौंमा आयोजित प्रेस मिटका क्रममा औपचारिक रूपमा हस्ताक्षर गरिएको हो। यसअघि एभरेस्ट एलायन्स नेपालले एभरेस्ट समिटियर्स समिट २०२६ को मिति तथा दृष्टिकोण सम्बन्धी घोषणा छुट्टै प्रेस मिटमार्फत गरिसकेको थियो, जससँगै समिटका लागि दर्ता प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरिएको थियो।
आजको प्रेस मिट विशेष रूपमा MoU हस्ताक्षरको औपचारिक घोषणा गर्न आयोजना गरिएको हो, जसले समिटको सार्वजनिक पहुँच, सञ्चार रणनीति तथा अभिव्यक्तिलाई अझ सुदृढ बनाउने उद्देश्य राख्दछ। एभरेस्ट समिटियर्स समिट २०२६ आगामी मे २७ मा काठमाडौंमा आयोजना हुँदैछ।
सुश्री कविता नेपालीले मे १८, २०२५ मा सफलतापूर्वक सगरमाथा आरोहण गर्नुभएको थियो। उहाँको साहस, अनुशासन र प्रेरणादायी यात्राले एभरेस्ट एलायन्स नेपालको मूल्य र उद्देश्यलाई सशक्त रूपमा प्रतिनिधित्व गर्दछ।
यस सहकार्यअन्तर्गत सुश्री कविता नेपालीलेः
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा एभरेस्ट एलायन्स नेपाल तथा समिटको प्रतिनिधित्व गर्ने
सार्वजनिक सम्बन्ध र सञ्चार रणनीतिमा सहयोग गर्ने
दिगो पर्वतारोहण, फोहोर व्यवस्थापन र हिमाली संरक्षण सम्बन्धी सचेतना अभिवृद्धि गर्ने
जिम्मेवार पर्यटन प्रवर्द्धनमा योगदान पुऱ्याउने
एभरेस्ट एलायन्स नेपालका प्रतिनिधिहरूका अनुसार यो सहकार्य औपचारिकतामा सीमित नभई हिमाल संरक्षण, जिम्मेवार अभिव्यक्ति र भावी पुस्तालाई प्रेरणा दिने साझा प्रतिबद्धता हो।
एभरेस्ट समिटियर्स समिट एभरेस्ट एलायन्स नेपालद्वारा सुरु गरिएको एक अन्तर्राष्ट्रिय मञ्च हो, जसले एभरेस्ट समिटियरहरू, नीति निर्माता, संरक्षण संस्था, उद्योग क्षेत्रका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय साझेदारहरूलाई एकै स्थानमा ल्याउँछ। सन् २०२५ मा सम्पन्न पहिलो संस्करणमा १२ देशका १५४ एभरेस्ट समिटियरहरू, सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सन् २०२६ को संस्करणले जलवायु परिवर्तन, दिगो पर्यटन, फोहोर व्यवस्थापन र हिमाली पारिस्थितिकी संरक्षण सम्बन्धी संवादलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar