9851314933 | info@gharjagganews.com

सोमबार प्रतितोला कतिमा खरिदबिक्री हुँदैछ सुनचाँदी?

काठमाडौँ।  आइतबार बढेको सुनको मूल्य भने आज (सोमबार) स्थिर रहेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि, आइतबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। 

यता, आज चाँदीको भाउ पनि स्थिर रहेको छ। सोमबार चाँदीको भाउ प्रतितोला २१ सय ६५ रुपैयाँ कायम रहेको छ। यसअघि आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।


प्रतिक्रिया