अमेरिकी डलर, युरोदेखि दिरासम्मको भाउ बढ्यो, अन्य देशको मुद्राको भाउ कति?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

निर्धारित विनिमयदर अनुसार आज पनि अमेरिकी डलर लगायत युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको छ।

स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनरको भने भाउ घटेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३६ रूपैयाँ ३ पैसा र बिक्री दर १३६ रूपैयाँ ६३ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४१ रूपैयाँ ४७ पैसा र बिक्री दर १४२ रूपैयाँ १०  पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७० रूपैयाँ ५१ पैसा र बिक्री दर १७१ रूपैयाँ २७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५१ रूपैयाँ ९ पैसा र बिक्री दर १५१ रूपैयाँ ७६ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रूपैयाँ ७९ पैसा र बिक्री दर ८५ रूपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९४ रूपैयाँ ४६ पैसा र बिक्री दर ९४ रूपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ८ पैसा र बिक्री दर १०० रूपैयाँ ५३ पैसा रहेको छ।

त्यसैगरी, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ६६ पैसा र बिक्री दर ८ रूपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६४ पैसा र बिक्री दर १८ रूपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ २३ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ३२ पैसा र बिक्री दर ३७ रूपैयाँ ४९ पैसा कायम रहेको छ।

थाई भाट एकको खरिद दर ३ रूपैयाँ ९८ पैसा र बिक्री दर ४ रूपैयाँ, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ४ पैसा र बिक्री दर ३७ रूपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ३२ पैसा र बिक्री दर ३० रूपैयाँ ४५ पैसा रहेको छ। 

त्यस्तै, हङकङ डलर एकको खरिद दर १७ रूपैयाँ ५१ पैसा र बिक्री दर १७ रूपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिद दर ४४१ रूपैयाँ ३७ पैसा र बिक्री दर ४४३ रूपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिद दर ३६० रूपैयाँ ४४ पैसा र बिक्री दर ३६२ रूपैयाँ ३ पैसा, ओमनी रियाल एकको खरिद दर ३५३ रूयैयाँ ३१ पैसा र बिक्री दर ३५४ रूपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 


प्रतिक्रिया