काठमाडौँ। आइजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले फागुन २५ गते वार्षिक साधारण सभा बोलाएको छ।
सभा बिहान १० बजे आम्रपालि बैंक्वेट, भाटभटेनी नक्साल काठमाडौँमा बस्ने कम्पनीले जनाएको छ।
सभामा कम्पनीले सेयरधनीलाई ९.७३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ। त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १२ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, फागुन ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।
30 Magh 2081, Budhbar 10:28 मा प्रकाशित
110
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar