अमेरिकी डलरको बिक्री मूल्य १३७ रूपैयाँ ६६ पैसा, अन्य विदेश मुद्रालाई कति पर्ला?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का विदेशी मुद्राको विनियम दर निर्धारण गरेको छ। आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ। यस्तै, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको मूल्य भने बढेको छ। 

युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, कतारी रियालको मूल्य घटेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ ६ पैसा र बिक्री दर १३७ रूपैयाँ ६६ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिद दर १४१ रूपैयाँ १८ पैसा र बिक्री दर १४१ रूपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६८ रूपैयाँ ३९ पैसा र बिक्री दर १६९ रूपैयाँ १२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५० रूपैयाँ २२ पैसा र बिक्री दर १५० रूपैयाँ ८८ पैसा रहेको छ। 

त्यसगरी, अष्ट्रेलियन डलर एकको खरिदर ८४ रूपैयाँ ९३  पैसा र बिक्री दर ८५ रूपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ २४ पैसा र बिक्री दर ९५ रूपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ १३ पैसा र बिक्री दर १०० रूपैयाँ ५७ पैसा रहेको छ।

जापानी येन १० को खरिद दर ८ रूपैयाँ ६८ पैसा र बिक्री दर ८ रूपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६९ पैसा र बिक्री दर १८ रूपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ५१ पैसा र बिक्री दर ३६ रूपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ५९ पैसा र बिक्री दर ३७ रूपैयाँ ७६ पैसा रहेको छ। 

त्यस्तै, थाई भाट एकको खरिद दर ३ रूपैयाँ ९६ पैसा र बिक्री दर ३ रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ३२ पैसा र बिक्री दर ३७ रूपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ४४ पैसा र बिक्री दर ३० रूपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रूपैयाँ ३८ पैसा र बिक्री दर ९ रूपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रूपैयाँ २९ पैसा र बिक्री दर १२ रूपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिद दर १८ रूपैयाँ ९२ पैसा र बिक्री दर १९ रूपैयाँ रहेको छ।

हङकङ डलर एकको खरिद दर १७ रूपैयाँ ६२ पैसा र बिक्री दर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रूपैयाँ ४३ पैसा र बिक्री दर ४४६ रूपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिद दर ३६३ रूपैयाँ ५६ पैसा र बिक्री दर ३६५ रूपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिद दर ३५६ रूपैयाँ २ पैसा र बिक्री दर ३५७ रूपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 


प्रतिक्रिया