हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबी छिटो फछ्र्यौट गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ।  नेपाल बीमा प्राधिकरणले चैत १५ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिबाटको दाबी भुक्तानी छिटो गर्न निर्देशन दिएको छ। 

हुलदङ्गाका कारण पर्नसक्ने बीमा दाबीलाई सहज रूपमा यथाशक्य छिटो फछ्र्यौट गर्न निर्जीवन बीमा र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको हो।

हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षति र असहजतालाई ध्यानमा राखी त्यसबाट पर्नसक्ने बीमा दाबीलाई सहज रूपमा यथाशक्य छिटो फछ्र्यौट गर्न सबै निर्जीवन बीमा र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको हो।

काठमाडौँ उपत्यकामा चैत १५ गते भएको हुलदङ्गाका कारणले भएका क्षतिको विवरण एक्सेल स्प्रिडसीट ढाँचामा प्राधिकरणले दिएको गुगल फर्मको लिङ्क मार्फत साप्ताहिक रूपमा प्रत्येक हप्ताको बुधबार पेश गर्न निर्देशन दिएको जनाएको छ।

प्रतिक्रिया