पुरानो लाभांश तथा हकप्रद संकलन गर्न आउन शेयरधनीलाई सूर्यज्योति लाइफको आग्रह

काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न आर्थिक वर्षको पुरानो लाभांश (नगद र बोनस शेयर) र हकप्रद शेयर लिन बाँकी शेयरधनीहरूलाई संकलन गर्न आउन आग्रह गरेको छ।

हालसम्म नगद लाभांश वितरण हुन नसक्नुको कारणसहितको विवरण एनआईसी एसिया क्यापिटलको वेबसाइटमा राखिएको र सोहीबमोजिम विवरण अद्यावधिक गरी आफ्नो संकलन गर्न बाँकी नगद लाभांश बुझिलिन सूचनामा आग्रह गरिएको छ।

त्यस्तै बोनस शेयर र हकप्रद शेयरको प्रमाणपत्र अभौतिकीकरण गर्न सूचनामा उल्लेख गरिएको छ। भौतिक रूपमा कायम शेयरधनीहरूको हकमा आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गरेपछि मात्रै नगद लाभांश, बोनस शेयर र हकप्रद शेयर सम्बन्धित बैंक खाता तथा हितग्राही खातामा जम्मा हुने सूचनामा जनाइएको छ। 

प्रतिक्रिया