सुवागढी–केरुङ राजमार्गबाट आयात सुरू

काठमाडौँ।  रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरू भएको छ। हालैको भीषण वर्षा र बाढीका कारण अवरूद्ध भएको राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो। 

मङ्गलबार ४ कन्टेनर स्याउ, २ कन्टेनर नस्पाति र ३ कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ। केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेको तीनवटा मालवाहक र सामान आयात गर्ने एक गरी ४९ वटा नेपाली कन्टेनर चीनतर्फ गएका छन्।

राजमार्ग बन्द भई आयात ठप्प हुँदा राजस्व असुली पनि घटेको छ। भन्सार कार्यालयका अनुसार रू २ अर्ब ५० करोड राजस्वमा ह्रास आएको जानकारी दिएको छ। 

प्रतिक्रिया