काठमाडौँ। नेपाल राष्ट बैंकको संयोजनमा बिगतका बर्षहरूमा जस्तै यस वर्ष पनि एभरेष्ट बैंकले चैत्र ४ गतेदेखि साताव्यापी अभियान अन्तर्गत ‘ग्लोबल मनी वीक-२०२५’ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ।
उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा कार्यालयहरू मार्फत विभिन्न स्कुल-क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३००० हजार भन्दा बढी विद्यार्थीहरूबीच वित्तीय साक्षरता सन्देश दिन सफल भएको छ। उक्त कार्यक्रममा केही विद्यार्थीहरुलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धी जानकारी गराईएको छ।
‘थिंक बिफोर यु फलो, वाइज मनी टुमरो’ भन्ने मूल नाराका साथ सम्पन्न गरिएको विभिन्न कार्यक्रमहरूमा युवाहरूका लागि वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरूले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेका छन् भने देशैभरी १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६७ एटीएम छन्। विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar