काठमाडौँ । विश्वप्रसिद्ध मोबाइल ब्रान्ड भिभो ले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन "भिभो एक्स २०० प्रो" नेपालमा सार्वजनिक गरेको छ। काठमाडौंस्थित मार्सक्युर होटल मा आयोजित भव्य कार्यक्रममार्फत राष्ट्रिय तथा क्षेत्रीय वितरक, अफिस स्टाफ, तथा मिडियाकर्मीहरूको उपस्थितिमा यो स्मार्टफोन सार्वजनिक गरिएको हो। कार्यक्रममा भिभो नेपालका ब्रान्ड एम्बेसडर पारस खड्का ले एक्स २०० प्रो अनावरण गरेका थिए।
भिभो एक्स २०० प्रो ले स्मार्टफोन प्रविधिमा नयाँ बेन्चमार्क स्थापित गर्ने लक्ष्य राखेको छ। जाइस् (Zeiss) लेन्स को सहकार्यमा उत्कृष्ट फोटो क्वालिटी, शक्तिशाली प्रदर्शन, र आधुनिक डिजाइन प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।
भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनाल ले एक्स २०० प्रो प्रविधिको उच्चतम प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको बताएका छन्। जाइस्-सँगको सहकार्यमा विकसित इमेजिङ प्रणाली ले स्मार्टफोन फोटोग्राफीमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ।
यस स्मार्टफोनमा २०० मेगापिक्सेल 'जाइस् एपिओ' क्यामेरा समावेश गरिएको छ, जसले अद्वितीय तस्वीर अनुभव प्रदान गर्छ। जाइस् टि स्टार कोटिंग ले जुम गरिएका तस्वीरहरूको रंग सन्तुलन कायम राख्न मद्दत गर्छ। यसका प्रमुख फिचरहरूमा पोर्ट्रेट, हाइपरजुम, नाइटस्केप, म्याक्रो, र सनसेट मोड रहेका छन्।
त्यसैगरी, १/१.४ इन्चको सेन्सर र फ्लोटिङ पेरिस्कोप प्रणाली रहेको क्यामेराले टाढाका वस्तुहरूलाई उच्च स्पष्टताका साथ कैद गर्न सक्छ। भिडियो फिचरहरूमा जाइस् सिनेमाटिक पोर्ट्रेट, १२०FPS स्लो मोसन, ४K ६०FPS Dolby Vision HDR जस्ता अत्याधुनिक प्रविधि समावेश छन्।
भिभो एक्स २०० प्रो मिडियाटेक डाइमेन्सिटी ९४०० चिपसेट मा सञ्चालन हुन्छ, जसले उच्च कार्यक्षमता प्रदान गर्छ। १२-कोर GPU को समावेशले गेमिङ अनुभवलाई प्रभावकारी बनाउँछ।
यसमा ६०००mAh क्षमताको ब्याट्री छ, जसले ९०W फास्ट चार्जिङ र ३०W वायरलेस चार्जिङ सपोर्ट गर्छ। तेस्रो पुस्ताको सिलिकन एमओडी प्रविधि ले फोनको ब्याट्री टिकाउ बनाउने कम्पनीको दाबी छ।
एआई (AI) प्रविधि र उच्च सुरक्षा, यो स्मार्टफोन एआई सक्षम (AI-powered) डिभाइस हो, जसमा गुगल जेमिनी एआई प्रविधि समावेश गरिएको छ। यसका केही प्रमुख फिचरहरू:
AI Note Assist – इमेल लेखन र नोट लिन सहज बनाउने।
AI Transcript Assist – आवाजलाई टेक्स्टमा बदल्ने।
AI Erase, Photo Enhance, Shadow Removal – फोटो सम्पादन सहज बनाउने।
Safe Data Purge – व्यक्तिगत जानकारी सुरक्षित राख्ने प्रविधि।
भिभो एक्स २०० प्रोको प्री-बुकिङ मार्च ४ सम्म खुला रहनेछ, जसको मूल्य रु. १,८४,९९९ निर्धारण गरिएको छ। प्री-बुकिङ गर्ने ग्राहकहरूले रु. १०,००० क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन्। मार्च ५ बाट यो स्मार्टफोन आधिकारिक स्टोरहरू तथा दराज अनलाइन मार्फत बिक्री सुरु हुनेछ।
प्रख्यात युट्युबर तथा प्रविधि समीक्षक मिस्टर हुइजदयोस ले भिभो एक्स २०० प्रो लाई "सर्वश्रेष्ठ क्यामेरा", "सर्वश्रेष्ठ ब्याट्री", तथा "ओभरअल च्याम्पियन" उपाधि प्रदान गरिसकेका छन्। उच्च प्रविधि, उन्नत सुरक्षा, र उत्कृष्ट फोटोग्राफी क्षमतासहित नेपाली बजारमा यो स्मार्टफोन लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।