भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पहिलो चरणमा ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त गरेका छन्।

केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने व्यवस्थाअनुसार मन्त्री अधिकारीले शुक्रबार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन्।

मन्त्री अधिकारीले छिट्टै सबै जिल्लामा भूमि समस्या समाधान आयोगले पूर्णता पाउने र वर्तमान सरकारकै पालामा भूमि समस्याको दिगो समाधान हुने विश्वास व्यक्त गरे।

सरकारले भूमि क्षेत्रका समस्याहरुलाई दिगोरूपमा समाधान गर्न चाहेको मन्त्री अधिकारी भनाई छ।

प्रतिक्रिया