सम्माननीय प्रधानमन्त्रीबाट भाद्र ३ मा आयोजना हुन गईरहेको नाडा अटो शो २०२५ उद्घाटन् हुने

काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीज्यूको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूसंग भेटगरी यही आउदो २०८२ भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप परिसरमा आयोजना हुने १७औं संस्करणको बाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरी दिन औपचारिक रुपमा आग्रह गरेको छ । उक्त भेटघाटमा अध्यक्ष चौधरीज्यूले नाडा स्थापनाको ५० औं वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिनु भयो । यसैक्रममा अध्यक्ष चौधरीले यस वर्षको अटो शोमा :

१२५ भन्दा बढी प्रदर्शक,

३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू,

इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू,

विन्टेज मोटर शो,

पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका UNITREE रोबोट्स र Deepal eVTOL UAV जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने जानकारी दिनु भयो ।

सो भेटघाटमा नाडा प्रतिनिधि मण्डलको सो आग्रहलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सहर्ष स्वीकार गर्नु भएको छ । यसबाट अटोमोवाइल व्यवसायीहरुले थप हौसला र प्रेरणा मिलेको महशुस गरेका छन् । उक्त भेटभाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष सिद्धबाब मल्ल, सुकोषाध्यक्ष किज अभवोल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया