घरमा कस्तो हुनुपर्छ पुजाकोठा? ध्यान दिनुहोस् बास्तुविज्ञानका यी टिप्सहरूलाई

काठमाडौँ। हामीले घर निर्माण गर्नुपूर्व होस वा घर निर्माणपश्चाचत होस घरमा पुजा कोठालाई कहाँ बनाउँदा उचित हुन्छ भनेर पक्कै पनि सोचविचार गरेका हुन्छौ। आजको यो लेखामा घरमा पुजाकोठा कस्तो हुनुपर्छ भन्ने बारे जानकारी दिने छौँ। 

हाम्रो हिन्दु परमपरा अनुसार जुनसुकै देवतालाई माने पनि आफ्नो रूचि अभिरुचि अनुसार साकार वा निराकारको ध्यान, जप, अनुष्ठान गर्दछौं। र, सगुण साकार स्वरूप गणेश, लक्ष्मी, दुर्गा, सूर्य, विष्णु, भैरव, काली, हनुमान, कुलदेवता जसको पुजा गरेपनि प्रार्थनास्थल अर्थात पुजाकोठा अनिवार्य रूपमा बनाउन पर्छ।

संसारलाई शक्ति दिने भगवानको शक्तिलाई स्मरण गर्ने एउटा छुट्टै स्थानको आवश्यकता पर्छ– त्यो हो उत्तर–पूर्वी कुना। जसलाई ईशान कोण भनिन्छ। वास्तु विज्ञान अनुसार ईशान कोणलाई शक्ति र उर्जाको स्रोतको रूपमा लिइन्छ। ईशान कोण साधना र उपसनाको उच्चस्थान पनि हो। तपाइँको अभिरूची अनुसार गणेश, लक्ष्मी, भगवान शिव, पाञ्चायन, शालीग्राम, लक्ष्मीनारायण देवताहरुको स्थापना गर्न सकिन्छ। वास्तुशास्त्रअनुसार १२ इन्चभन्दा अग्ला मूर्तिहरु घरको पूजाकोठामा राख्न हुँदैन।

पूजा कोठामा दियो, कलश, गणेश अनिवार्य रूपमा स्थापना गर्नुपर्छ। दियो भनेको ज्योतिको प्रतीक, कलश भनेको जल, जल भनेको जीवनको प्रतिक, गणेश भनेको सुख, शान्ति र समृद्धिको प्रतिक हो। त्यसैकारण वैद्धिक सनातन संस्कृतिमा दियो, कलश, गणेशको पुजा अनिवार्य गरिएको छ। दियो नबाली गरेको पुजा कहिल्यै सफल हुँदैन।

पूजा कोठा घरको उत्तर–पूर्वको बीच भाग ईशान कोणमा बनाउन उचित हुन्छ। यसको अलवा उत्तर र पूर्व पनि शुभ नै मानिन्छ। उत्तर–पूर्व कुना ९ईशान कोण० मा पुजाकोठा हुनुपर्छ।

पुजा कोठमा यी चिजहरू राख्दा ध्यान दिन जरूरी छ

पूजाकोठाको नजिक फोहोर, कुचो र दुर्गन्ध आउने चीजहरु कहिल्यै राख्नु हुँदैन।

पूजाकोठामा प्राचिन मन्दिरबाट ल्याएको प्रतिमा राख्नु हुँदैन।

बहुमूल्य सामान वा धन सम्पत्ती कदापि लुकाउन हुँदैन।

पुजाकोठालाई अनिवार्य रूपले पवित्र र सफा राख्नु पर्दछ।

पूजाकोठामा सुत्नु हुँदैन। यदि परिस्थितिवश यस्तो गर्नु परेमा पर्दा लगाएर मात्र सुत्नु पर्दछ। केवल स्थानाभावका लागि मात्र। त्यसमा पनि विवाहितलाई बर्जित छ।

पूजाकोठाको रङ हल्का सेतो, पहेँलो हुनुपर्छ। पूजाकोठामा प्रयोग गरिने कुचो, पुछ्ने कपडा अन्यत्र सफा गर्ने सामान भन्दा अलगै राख्नुपर्छ।

धन प्राप्तिका लागि उत्तर फर्केर र ज्ञान प्राप्तिका लागि पूर्व फर्केर पूजा गर्नुपर्छ।

पूजाकोठामा एक कुरेत भन्दा अग्लो कुनै देवताको प्रतिमा स्थापना गर्नु हुँदैन।

पूजाकोठामा हवनादि कार्य गर्नु परेमा कोठाको आग्नेय कोणमा गर्नुपर्छ।

पूजाकोठामा गणेश, कुबेर, दुर्गाको फोटो राख्दा दक्षिणतर्फ फकाई राख्नुपर्छ।

पूजाकोठामा ब्रह्मा, बिष्णु, शिव, ईन्द्र, सूर्य र कर्तिकेयको प्रतिमा पूर्व एवं पश्चिममध्ये जता पनि राख्न सकिन्छ।

हनुमानजीको फोटो एवं प्रतिमा राख्दा नैर्ऋत्यकोणतर्फ फर्काइ राख्नु शुभ मानिन्छ।

पूजाकोठामा रामायण, महाभारतका युद्धका तस्विर, पशुपंक्षीका भयानक डरलाग्दा तस्विरहरु राख्न वर्जित गरिएको छ।

देवी–देवताको फोटो उत्तर–पूर्वको भित्तामा लगाउनु शुभ मानिन्छ।

पूजाकोठामा गणेश, देवी, लक्ष्मी, एक्कै धातु या पत्थरबाट बनेका जोर मूर्ति, जोर शंख राख्नु हुँदैन। देवी देवताको चित्र प्रयोग गर्दा आमने सामने पारेर राख्नु हुँदैन।

पितृहरुको फोटो भने दक्षिणबाट उत्तरतिर फर्काएर राख्नु अति राम्रो मानिन्छ।

प्रतिक्रिया