काठमाडौँ। आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रूपैयाँले घटेर १ लाख ७५ हजार रूपैयाँ कायम भएको छ। यसअघि, बुधबार छापावाल सुनको भाउ हालसम्मकै उच्च १ लाख ७६ हजार रूपैयाँमा कारोबार भएको थियो।
बिहीबार पनि सुनको भाउ सोही मूल्यमा स्थिर कायम भएको थियो। यता, आज चाँदीको भाउ पनि प्रतितोला ३५ रूपैयाँले घटेर १९ सय ९५ रूपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ प्रतितोला २ हजार ३० रूपैयाँमा कारोबार भएको थियो।
8 Chaitra 2081, Shukrabar 12:54 मा प्रकाशित
98
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar