प्राइम सेरामिक्सको आधिकारिक टायलको शोरुम गरुडामा

काठमाडौँ। प्राइम सेरामिक्स प्रालिले रौतहटको गरुडा बजारमा आधिकारिक टायलको शोरुम सञ्चालनमा ल्याएको छ। गरुडा नगरपालिका–४ बजारमा रहेको गुप्ता हार्डवेयरले सो कम्पनीको टायल बिक्री गर्ने भएको हो। 

प्राइम सेरामिक्स प्रालिका अध्यक्ष आशिष गर्गले एक कार्यक्रमका बीच उक्त शोरुमको उद्घाटन गरेका हुन्। उनका अनुसार अब उपभोक्ताहरूले छानीछानी आफूलाई मन परेको डिजाइनको आधुनिक प्रविधिमा आधारित भित्ता र भुइँ टायलहरू खरिद गर्न सक्नेछन्।

कम्पनीले विभिन्न ६ सय आकर्षक डिजाइनको प्राइम टायल उत्पादन गर्दै आएको उनले उल्लेख गरेका छन्।

भारतमा उत्पादन हुने टायल भन्दा यो कम्पनीले ३० देखि ४० प्रतिशत सस्तो मूल्यमा टायल बिक्री गर्ने गरेको कम्पनीले जनाएको छ। यो कम्पनीले नेपालको २० प्रतिशत टायल उत्पादन गर्दै आएको छ।

प्राइम सेरामिक्स प्रालि तीन वर्ष अघि रौतहटस्थित बृन्दावन नगरपालिका–६ मा ३ अर्ब भन्दा बढी रुपैयाँको लागतमा १० बिघा क्षेत्रफलमा स्थापना भएको थियो। अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्रमार्फत यो उद्योगले भित्ता र भुइँको टायल उत्पादन गर्दै आएको छ।

प्रतिक्रिया