काठमाडौँका यी स्थानमा आजदेखि दैनिक ५ घण्टा बिजुली नआउने

काठमाडौँ।  काठमाडौँका केही स्थानमा आज (मंगलबार) देखि चार दिन दैनिक पाँच घण्टा विधुत अवरूद्ध हुने भएको छ। 

नेपाल विधुत प्राधिकरणका अनुसार मंगलबार गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा  बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विधुत अवरूद्ध हुनेछ। 

बुधबार मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, बिहीबार शंखमूल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा विधुत आपूर्ति बन्द हुनेछ। 

शुक्रबार केएससी र पुरानो एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विधुत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विधुतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विधुत आपूर्ति बन्द गर्न लागेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया