काठमाडौँ। नेपाल प्रिमियर लिग एनपीएलमा आज पनि दुईवटा खेल हुँदैछन्।
पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र कर्णाली याक्स खेल्नेछन्। पाँचमध्ये तीन खेल जितेको कर्णाली लिग तालिकाको चौथो र ६ खेलमध्ये एक खेल जितेको लुम्बिनी सातौँ स्थानमा रहेका छन्।
यसका साथै दोस्रो खेलमा दिउँसो एक बजे विराटनगर किङ्गस् र चितवन राइनोज भिड्दै छन्। ती पाँचमध्ये ३ खेल खेलेको चितवन तेस्रो र पाँच खेलमध्ये एक खेल जितेको विराटनगर तालिकाको अन्तिममा रहेको छ।
एनपीएलअन्तर्गत हिजो भएको खेलमा जनकपुर बोल्ट्सले काठमाण्डौँ गुर्खाजलाई र पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई पराजित गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा चलिरहेको एनपीएलको प्लेअफमा पुग्ने जनकपुर पहिलो टोली बन्न सफल भएको छ।
29 Mangsir 2081, Shukrabar 08:51 मा प्रकाशित
143