काठमाडौं | जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। सो प्रभावका कारण आज देशका केही भागमा मौसम बदली रहने देखिएको छ।
महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको अवस्था छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।
आज राति कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नागरिकहरुलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar